spot_img

पार्टी सुदृढीकरणका लागि जसपा नेपालले अभियान चलाउने

spot_img
spot_img

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी समायोजनलाई पूर्णता दिनका लागि एक महिना अन्तरक्रिया तथा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी समायोजनका लागि प्रत्येक जिल्लामा बृहत् पार्टी बैठक गरी समायोजनको कार्यलाई अगाडि बढाउने अभियान सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए ।

तीन दिनसम्म चलेको पार्टीको बैठकले सो निर्णय गरेको हो । त्यसका लागि प्रत्येक जिल्लामा जिम्मेवारी तोकेको छ ।

केही समय पहिले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक पार्टी नेपालबिच एकता भएको थियो । दुवै पार्टीबिच एकता भएपनि हालसम्म केन्द्रीय समितिलगायत, अन्य समिति तथा भातृ सङ्गठनहरू अझै समायोजन भएको छैन । बैठकले समायोजनलाई तीव्रता दिने निर्णय गरेको छ ।

हाललाई दुवै पार्टीमा रहेको केन्द्रीय समितिलाई समायोजन गरेर एउटा केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । केन्द्रीय समितिमा रहेर निष्क्रिय छन्, चुनावमा अन्तर्घात गरे, पार्टी छाडेर गएका छन् त्यस्ता व्यक्तिहरूलाई पार्टीबाट निष्कासन गरेर दुई पार्टीको केन्द्रीय समितिलाई समायोजन गर्ने निर्णय भएको नेता साहले बताए ।

केन्द्रीय समिति बनाउनका लागि एउटा कार्यदल समेत बनाएको छ । सो कार्यदलले समायोजनको कार्यविधि बनाएर समायोजनको कामलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

प्रत्येक जिल्लामा स्थानीय तहमा जितेका पार्टीका जनप्रतिनिधिको भेला बोलाउने निर्णय समेत बैठकले गरेको छ । नीति तथा कार्यक्रम एवं बजेट बनाउने समय रहेको छ । त्यसका लागि जनप्रतिनिधिहरूलाई भेला गरेर दिशा निर्देश गर्ने बताइएको छ । यो भेला यही जेठ महिनाभित्र सकिनुपर्ने निर्णय पार्टीले गरेको छ ।

त्यस्तै गत प्रतिनिधि सभा चुनावमा भाग लिएका उम्मेदवारहरूको पनि एउटा भेला बोलाउने निर्णय भएको छ । सो भेला प्रदेशस्तरीय हुने बताइएको छ । भेलाले चुनावको समीक्षा गर्नुको साथै अगामी चुनावको तयारीको बारेमा पनि छलफल गर्ने बताइएको छ ।

पार्टी एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न पार्टीका नेता रकम चेम्जोङको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सो समितिमा डा.सरेन्द्र झा र रेणु यादवलाई राखिएको छ । जसपा नेपाल र जनमत पार्टीबिच एकताको कुरा चलिरहेको छ । दुई दलको बिचमा पटक पटक कुरा भएको छ । अन्य पार्टीहरूसँग एकताका लागि कुराकानी चलिरहेको नेता साहले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय