spot_img

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जीको विषयमा अन्योल

spot_img
spot_img

वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार सार्वजनिक भएपछि विषय अन्योल देखिएको छ।

अदालत स्रोतका अनुसार अर्काकी छोरीको जन्मदर्ता, नागरिकता र राहदानी बनाउने क्रममा नक्कली हस्ताक्षर तथा लिखतसम्बन्धी कसुर भएको आरोपमा दायर मुद्दाको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको दाबी गरिएको छ। मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर (किर्ते) को दफा २७६ अनुसार कारबाहीको माग गर्दै मुद्दा अघि बढाइएको उल्लेख छ।

तर, जिल्ला प्रहरी कार्यालय पर्साले भने उक्त विषयलाई फरक ढंगले प्रस्तुत गरेको छ। प्रहरीका डीएसपी हरीबहादुर बस्नेतका अनुसार मेयर सिंहविरुद्ध हालसम्म कुनै आधिकारिक पक्राउ आदेश प्राप्त नभएको र पक्राउ पुर्जी जारी भएको भन्ने समाचारहरू सत्य नभएको बताएका छन्। प्रहरी प्रशासनले आधिकारिक पुष्टि नभएका सूचना तथा हल्लामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैबीच, सरकारी वकिल कार्यालयले भने अनुसन्धान प्रतिवेदनका आधारमा मेयर सिंहसहित केही व्यक्तिविरुद्ध लिखितसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको बताइएको छ। उजुरी २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको र त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढेको उल्लेख छ।

उक्त प्रकरण सार्वजनिक भएपछि पत्रकार जियालाल साहले २०८० साल पुसमा प्रसारित गरेको समाचारपछि विषयले थप चर्चा पाएको थियो। त्यसपछि विभिन्न कानुनी प्रक्रिया र प्रतिवादका मुद्दाहरू समेत अघि बढ्दै आएको बताइएको छ।

हालसम्मको स्थितिमा अदालत, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनका भनाइहरू फरक–फरक रूपमा सार्वजनिक भएपछि वास्तविक कानुनी अवस्था के हो भन्ने विषयमा थप स्पष्टता आवश्यक देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय