spot_img

प्रतिनिधिसभा बैठक पुनः सुरु भएलगत्तै विपक्षीको अवरोध जारी

spot_img
spot_img

काठमाडौं,१२ जेठ । केही बेरका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन्।

बैठक सुरु भएपछि सभामुखले विपक्षी दललाई बोल्ने समय दिएका थिए। सो क्रममा विपक्षी तर्फबाट रमेश मल्लले धारणा राख्दै केही सांसदको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन्। उनले रास्वपा सांसदले बैठकमा प्रयोग गरेको शब्द असंसदीय भएको भन्दै संसद् रेकर्डबाट हटाउन माग गरेका छन्।

यसअघि रास्वपा सांसद जगदीश खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’ भनेपछि सदनमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। उक्त टिप्पणीप्रति कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ आक्रोशित बनेका थिए।

संसदमा लगातारको अवरोध र आपसी आरोप–प्रत्यारोपका कारण वातावरण असहज बनेपछि सभामुख डोलप्रसाद अर्यालले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि पुनः सुरु भए पनि विवाद कायमै रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय