spot_img

कम उमेरमै बढ्दै थाइराइड समस्या, समयमै परीक्षण गर्न चिकित्सकको सुझाव

spot_img
spot_img

बीरगन्ज,१२ जेठ । पछिल्लो समय कम उमेरका व्यक्तिहरूमा समेत थाइराइड सम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। विशेषज्ञहरूका अनुसार यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्दा जटिलता बढ्न सक्ने जोखिम रहेको छ।

वरिष्ठ थाइराइड रोग विशेषज्ञ डा. ज्योति भट्टराईले थाइराइडको समस्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण र उपचार आवश्यक रहेको बताए। उनका अनुसार थाइराइड हर्मोनले बालबालिकाको मस्तिष्क विकासदेखि वयस्कहरूको ऊर्जा, मुटुको कार्य, पाचन प्रक्रिया र तौल सन्तुलनसम्म महत्वपूर्ण भूमिका खेल्छ।

थाइराइड हर्मोनको असन्तुलन हुँदा शरीरमा विभिन्न लक्षणहरू देखिने गर्छन्। तौलमा अचानक परिवर्तन, मुटुको धड्कनमा समस्या, अत्यधिक थकान, कपाल झर्ने, मानसिक तनाव, निद्रामा गडबडी तथा घाँटी सुन्निने जस्ता समस्या सामान्य रूपमा देखिने लक्षण हुन्। केही अवस्थामा ग्रन्थीमा सुन्निने, दुख्ने वा गाँठो (ट्युमर) बन्ने समस्या पनि देखिन सक्छ।

डा. भट्टराईका अनुसार थाइराइड घाँटीको अगाडिको भागमा रहेको महत्वपूर्ण ग्रन्थी हो, जसले शरीरको मेटाबोलिज्म नियन्त्रण गर्ने हर्मोन उत्पादन गर्छ। यसको असन्तुलनले दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने भएकाले चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नु आवश्यक हुन्छ।

उनले विशेषगरी महिला, गर्भवती तथा परिवारमा थाइराइडको इतिहास भएका व्यक्तिहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने सुझाव दिए । समयमै पहिचान र उपचार गर्न सके यसबाट हुने जटिलता न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। यसैबीच, जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सोमबार विभिन्न कार्यक्रमका साथ विश्व थाइराइड दिवस पनि मनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय