spot_img

सभामुखको कुरामा कन्भिन्स भएनन् विपक्षी दल, संसदमा अवरोध कायमै

spot_img
spot_img

काठमाडाै,१२ जेठ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठककाे कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।

नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि प्रधानमन्त्री शाहबाट जवाफ माग गर्दै विपक्षी दलका सांसदहरूले संसद अवरोध गरेका हुन् । बैठक नियमित कार्यसूचीमा प्रवेश गरे लगत्तै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख डीपी अर्यालले विपक्षी दलका प्रमुख सचेतकलाई बाेल्न समय दिएका थिए ।

प्राप्त समयमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसदलाई जवाफ दिनुपर्ने बताएका थिए । विपक्षी दलको माग जायज रहेको सभामुख अर्यालले बताए । ‘केहीदिनदेखि एकै विषयमा प्रवेश गरिरहेका छौँ र जवाफ दिनुपर्‍याे । जनतलाई सम्बोधन गरिदिनुर्‍याे । माग जायज छ । पटकपटक विपक्षी दलका नेता र मुख्य सचेतकसँग संवाद भइरहेको,’ उनले भने ।

सभामुख अर्यालले सरकार र प्रधानमन्त्रीसँग संवाद भइरहेको छ प्रधानमन्त्री आउने तयारी रहेको जानरकारी दिए । सदनमा भएको कुराहरूबारेमा प्रधानमन्त्री जानकार रहेको र सांसदहरूले राखेको विषयमा ध्यानाकर्षण भएको र नियमिति कार्यसूचीमा प्रवेश गर्न अनुरोध गरे । छिट्टै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिने सभामुखको भनाइ थियो ।

उनले यति भनेर पर्यटनमन्त्री खडकराज पौडेल पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए । त्यसपछि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जारी राखेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय