spot_img

बीरगन्जमाथि राज्यको विभेद भएको सांसद पन्तको आरोप

spot_img
spot_img

बीरगन्ज,१२ जेठ । हरि पन्तले आगामी आर्थिक वर्षको बजेटमा बीरगन्जस्थित नारायणी रंगशाला र नारायणी अस्पताललाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद पन्तले मुलुकको ठूलो हिस्सा राजस्व संकलन गर्ने मधेश प्रदेशको प्रमुख व्यापारिक शहर बीरगन्ज राज्यबाट सधैं उपेक्षामा परेको आरोप लगाए।

उनले बीरगन्जले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भए पनि विकास निर्माणका योजनामा भने निरन्तर पछाडि पारिएको बताए। सांसद पन्तले दशरथ रंगशालापछिको ठूलो रंगशालाका रूपमा रहेको नारायणी रंगशाला तथा पुरानो र ऐतिहासिक नारायणी अस्पतालको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउन आग्रह गरे।

साथै उनले वीरगञ्जस्थित सानोपाइला सहकारीका बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद पन्तले गण्डकदेखि बीरगन्ज भन्सारसम्मको करिब पाँच किलोमिटर सडक क्षेत्रमा गरिएको संरचना हटाउने अभियानप्रति पनि असन्तुष्टि जनाए। छोटो सूचना र स्पष्ट योजना बिना डोजर चलाउँदा करिब १ हजार २०० घरधुरी प्रभावित भएको र सयौं परिवार घरबारविहीन बनेको उनको भनाइ थियो।

बीरगन्जको मुख्य बजार क्षेत्रमा उत्पन्न समस्या बागमती किनारको अव्यवस्थित बस्तीको रूपमा मात्र हेर्न नहुने भन्दै उनले प्रभावित नागरिकहरूको समस्या समाधानका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय