काठमाडौं,१२ जेठ । विपक्षी दलहरूको अवरोधकाबीच चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्याल ले संसद् बैठकमा होहल्ला चर्किंदै गएपछि बैठक स्थगित भएको सूचना दिएका हुन्।
संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाइरहेका थिए। विरोधकै बीच सभामुख अर्यालले कार्यसूची अगाडि बढाएका थिए।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि राष्ट्रिय स्वतन्त्र पार्टी का केही सांसदले छलफलमा भाग समेत लिएका थिए।
तर संसद् बैठकमा निरन्तर नाराबाजी र विरोध जारी रहेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।



