काठमाडाैं,१२ जेठ । जंगली च्याउ सेवन गर्दा अर्घाखाँचीमा एक महिलाको ज्यान गएको छ। शितगंगा नगरपालिका–१३ जौंबारी निवासी मनकला भुसालले जंगली च्याउ खाएपछि बिरामी परेकी थिइन्। च्याउ खाएलगत्तै निरन्तर बान्ता हुन थालेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माका अनुसार उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको हो। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने जोखिम उच्च रहने भएकाले अपरिचित च्याउ नखान सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।



