spot_img

दरबार हत्याकाण्डको २५औँ स्मृतिमा बीरगन्जमा श्रद्धाञ्जली सभा

spot_img
spot_img

बीरगन्ज,१९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको परिवारसहितको नारायणहिटी दरबार हत्याकाण्डको २५औँ स्मृतिको अवसरमा राजभक्त देशभक्त केन्द्रीय कार्यालय, बीरगन्जले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

राजभक्त देशभक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले दरबार हत्याकाण्ड भएको यतिका वर्ष बितिसक्दा पनि घटनाका वास्तविक दोषी पहिचान र कारबाही हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

वक्ताहरूले स्वर्गीय राजा वीरेन्द्र शाहले देशमा शान्ति, स्थायित्व र जनहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँको योगदानको स्मरण गरेका थिए। उनीहरूले दरबार हत्याकाण्डबारे अझै पनि विभिन्न प्रश्नहरू अनुत्तरित रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग समेत गरेका थिए।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको स्मृतिमा मौनधारण समेत गरेका थिए।

श्रद्धाञ्जली सभामा पशुपति विक्रम शाह, महेन्द्रप्रसाद शाह, वीरेन्द्र थापा, रामनारायण शाह, जनकलाल शाह, जयनारायण गौरो, अनुराणा, रञ्जन कुमार, रोशनी शाह, भिष्मा यादव लगायत शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारले स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिलाई जीवित राख्न तथा दरबार हत्याकाण्डबारे सत्यतथ्य उजागर गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

spot_img

ताजा अपडेट

लोकप्रिय