spot_img

बीरगन्ज मेयर राजेशमान सिंहको बयान सकियो, केहीबेरमै थुनछेक बहस हुने

spot_img
spot_img

बीरगन्ज,१९ जेठ । लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको जिल्ला अदालत पर्सामा बयान सकिएको छ।

जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार सिंहको बयान प्रक्रिया सम्पन्न भइसकेको छ भने केहीबेरमै थुनछेक बहस सुरु हुने तयारी भइरहेको छ। थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे निर्णय गर्नेछ।

पर्सा जिल्ला अदालतले गत मंगलबार सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेशअनुसार प्रहरीले मंगलबार बिहान करिब ६:१५ बजे पर्साको ठोरीस्थित एक जंगल रिसोर्टबाट उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार सिंहमाथि नक्कली कागजातका आधारमा अर्काकी छोरीलाई आफ्नै छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप रहेको छ।

उक्त आरोपका आधारमा सिंहविरुद्ध लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस मुद्दाप्रति वीरगञ्जसहित मधेश प्रदेशभर चासो बढिरहेको छ भने अदालतको थुनछेक आदेशलाई विशेष रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय