spot_img

बीरगन्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा

spot_img
spot_img

बीरगन्ज, १९ जेठ । लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार थुनछेक बहसपछि सिंहलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ तथा झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपसम्बन्धी कसुरमा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको छ।

यसअघि सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा जेठ १२ गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए। प्रहरीले उनलाई फरार सूचीमा राखेर खोजी कार्य तीव्र बनाएको थियो।

मंगलबार ठोरी गाउँपालिका क्षेत्रमा खटिएको प्रहरीको विशेष टोलीले सिंहलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि अदालतमा उपस्थित गराइएका सिंहमाथि थुनछेक बहस सम्पन्न भएपछि अदालतले धरौटी बुझाएर रिहा हुन सक्ने आदेश दिएको हो।

यो मुद्दाको थप कानुनी प्रक्रिया अब अदालतमा नियमित रूपमा अघि बढ्नेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय