spot_img

विपक्षीले आज पनि राष्ट्रियसभा बैठक अवरोध गर्ने तयारी

spot_img
spot_img

काठमाडौँ,२० जेठ । राष्ट्रियसभा बैठक विपक्षी दलहरूले अवरोध गर्ने भएका छन् । सोमबार र मंगलबारको बैठकमा अवरोध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएका विपक्षी दलहरूले आजको बैठक पनि अवरोध गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्ति राष्ट्रघाती रहेकाले माफी माग्नु पर्ने माग राख्दै अवरोधको तयारी आफूहरूले गरेको जानकारी दिए ।

राष्ट्रियसभामा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी सहितले अवरोध गर्न लागेका हुन् । राष्ट्रियसभामा सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद छैनन् । राष्ट्रियसभाको कार्यसूचीमा बजेटबारे छलफल गर्ने विषय छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय