spot_img

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा तेस्रो दिन पनि अवरोध

spot_img
spot_img

काठमाडौं,२० जेठ । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा देखिएको गतिरोध आज पनि कायमै रहेको छ ।

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभाको कामकारबाही अघि बढ्न सकेको छैन । प्रधानमन्त्रीले नेपाल(भारत सीमा विवाद र दुवै देशबाट एक–अर्काको भूमि मिचिएको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षीहरूले लगातार तेस्रो दिन पनि सदन अवरुद्ध गरेका हुन् ।

यसअघिका दुईवटा बैठक पनि यही विषयका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएका थिए । प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्रीले सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्ने उल्लेख गर्दै ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको बयानले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हितविपरीत र तथ्यहीन भएको भन्दै चर्को आलोचना गरिरहेका छन् । सदनमा जारी यस अवरोधले गर्दा राष्ट्रिय सभाका महत्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय