spot_img

बिहारको १ निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा ४ जनाको मृत्यु

spot_img
spot_img

काठमाडाैं,२१ जेठ । भारतको बिहार राज्यस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा भएको भीषण आगलागीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ बिरामी घाइते भएका छन्।

मुजफ्फरपुरस्थित प्रसाद अस्पतालमा बिहीबार बिहान करिब ३ बजे आगलागी भएको हो। आगो लागेपछि आईसीयूमा रहेका बिरामीहरूलाई तत्काल उद्धार गरी नजिकका अन्य अस्पतालहरूमा स्थानान्तरण गरिएको छ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरी ले घटनामा चार जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
प्रारम्भिक रूपमा जिल्ला अधिकारीले तीन जनाको मृत्यु भएको जानकारी दिएका थिए भने पछि मृतक संख्या चार पुगेको पुष्टि भएको हो। केही सञ्चारमाध्यमहरूले मृतक संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

स्थानीय प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ। यद्यपि घटनाबारे विस्तृत अनुसन्धानपछि मात्र वास्तविक कारण खुल्ने बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा अस्पतालबाट बिरामीहरूलाई हतारहतार बाहिर निकालिएको दृश्य देखिन्छ, जसले घटनाको भयावह अवस्था झल्काउँछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय