spot_img

जी आन्दोलनमा गोली संसद भवन क्षेत्रबाट चलेको निष्कर्ष, चलाउने व्यक्ति अझै अज्ञात

spot_img
spot_img

काठमाडौं,२३ जेठ  । गत वर्ष भदौ २३ र २४ गते भएको जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि चलाइएको गोली कसले प्रहार गरेको हो भन्ने विषय अझै यकिन हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगद्वारा गठित आन्दोलन जाँचबुझ समितिकी संयोजक तथा आयोग सदस्य डा. लिली थापाले गोली चलेको स्थान र प्रयोग भएको हतियारबारे केही तथ्य फेला परे पनि गोली चलाउने व्यक्तिको पहिचान हुन नसकेको बताइन्।

उनका अनुसार आयोगले ब्यालेस्टिक तथा फरेन्सिक प्रतिवेदनको अध्ययनका आधारमा गोली संसद भवन क्षेत्रभित्रबाट चलेको निष्कर्ष निकालेको छ। यद्यपि, उक्त गोली विशेष कार्यदल (एसटीएफ) वा अन्य कुनै पक्षबाट चलाइएको हो भन्ने विषयमा स्पष्ट प्रमाण फेला नपरेको उनले जानकारी दिइन्।

आयोगले फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीमार्फत प्राप्त प्रतिवेदनको विश्लेषण गराएको थियो। प्रतिवेदनअनुसार प्रदर्शनकारीलाई लागेको अधिकांश गोली शरीरको माथिल्लो भाग, विशेषगरी छाती र पेटमाथि लागेको देखिएको छ।

डा. थापाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको निष्कर्ष आयोगले निकालेको बताइन्। उनका अनुसार विशेष परिस्थितिमा बल प्रयोग गर्नुपरे पनि अन्तर्राष्ट्रिय मान्यता तथा प्रचलित कानुनी सिद्धान्तअनुसार घुँडामुनि गोली चलाउनुपर्ने व्यवस्था पालना भएको देखिएन।

आयोगले आफ्नो अनुसन्धान भदौ २३ र २४ गतेका घटनामा मात्र सीमित नराखी त्यसपछिका घटनासमेत समेटेको जनाएको छ। यस क्रममा धादिङ, बाँके तथा नौबस्तास्थित कारागार र बाल सुधार गृहबाट भाग्ने क्रममा भएका गोलीकाण्डको पनि अध्ययन गरिएको थियो।

प्रतिवेदनले सुरक्षा निकायको कार्यशैलीमा गम्भीर त्रुटि रहेको औंल्याउँदै आन्दोलनका क्रममा जथाभावी गोली चलाइएको उल्लेख गरेको छ। यद्यपि, घटनामा प्रयोग भएका गोली कसले चलायो भन्ने प्रश्न भने अझै अनुत्तरित रहेको आयोगको निष्कर्ष छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय