spot_img

नेपाली कांग्रेसका क्षेत्रीय सचिव अहमद वन समितिको अध्यक्षमा नियुक्त

spot_img
spot_img

वीरगन्ज,२४ जेठ । पर्सा जिल्लाको जिल्ला वन पैदावार आपूर्ति समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता बलिष्टर अहमद नियुक्त भएका छन्। उनी धाेबिनी गाउँपालिका–५ का बासिन्दा हुन्।

अहमद नेपाली कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका छन्।

मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले जेठ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश वन ऐन, २०७७ को दफा ९४ बमोजिम उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो। वन तथा वातावरण महाशाखाका प्रमुख सूर्य प्रसाद मैनालीले नियुक्तिबारे जानकारी दिएका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय