spot_img

आइतबारको सार्वजनिक बिदा खारेज हुने चर्चा निराधार

spot_img
spot_img

काठमाडौं,२४ जेठ । सरकारले हाल कायम रहेको आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट गरेको छ।

केही सञ्चारमाध्यममा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अन्त्य गर्दै आइतबारको बिदा हटाउने तयारी भइरहेको समाचार प्रकाशित भएपछि सरकारको तर्फबाट त्यसको खण्डन गरिएको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा हटाउने विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै हालका लागि त्यस्तो कुनै तयारीसमेत नरहेको जानकारी दिइन्। उनका अनुसार यस सम्बन्धमा सार्वजनिक रूपमा आएको चर्चा तथ्यमा आधारित छैन।

सरकारले हाल लागू गरेको दुईदिने सार्वजनिक बिदाको व्यवस्था यथावत् रहेको जनाउँदै दाहालले नागरिकलाई भ्रामक समाचारप्रति सचेत रहन आग्रह गरेकी छन्।

उल्लेखनीय छ, इन्धनको बढ्दो मूल्य र त्यसबाट जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।

सरकारको पछिल्लो स्पष्टिकरणसँगै आइतबारको बिदा तत्काल खारेज हुने सम्भावना नरहेको बुझिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय