spot_img

साढे ४ लाखले गरे नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक

spot_img
spot_img

काठमाडौं,२४ जेठ । साढे चार लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य एवं प्राविधिक प्रमुख नवराज त्रिपाठीले हालसम्म साढे चार लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेको जानकारी दिए ।

“१४औँ महाधिवेशनमा जम्मा संख्या आठ लाख बढी हो । अहिले साढे चार लाखले त गरिसक्नु भएको छ । यसअघिका महाधिवेशनमा पनि ७५ प्रतिशतले मात्रै नवीकरण गरेको देखिन्छ,” त्रिपाठीले भने, “त्यसमा नयाँ थपिने हो । १४औँ मा पनि २ लाख नयाँ थपिएका थिए । थपेको संख्या मिलाएर ८ लाख बढी भएका हुन् । अहिले सर्सर्ती हेर्दा ६ लाख पुग्ला जस्तो देखिन्छ ।”

nabil
६ लाखले क्रियाशील सदस्यता अद्यावधिक गर्ने आकलन रहे पनि आठ लाखले नै गर्न सक्ने उनको भनाइ छ । “आठ लाखमध्ये ६ लाखले अद्यावधिक गर्ने हाम्रो आँकलन छ,” त्रिपाठीले थपे, “८ लाखले नै पनि अद्यावधिक गर्नसक्नुहुन्छ ।”

कांग्रेसले दोस्रोपटक क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय जेठ २८ गतेसम्मका लागि थप गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय