बीरगन्ज,२४ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा बयलगाडाले किचेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बरहथवा नगरपालिका–१६ मा खैरु पण्डितले चलाएको बयलगाडाले ठक्कर दिँदा स्थानीय कृष्ण कुम्हालका ९ वर्षीय छोरा सुभास कुम्हाल गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित न्यूरो अस्पताल रिफर गरिएको थियो।
तर उपचारकै क्रममा आज बिहान बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




