spot_img

अमेरिकाको नयाँ रणनीति: रोक्का इरानी सम्पत्ति खाडी राष्ट्रको पुनर्निर्माणमा प्रयोग गर्ने संकेत

spot_img
spot_img

काठमाडाैं,२४ जेठ । संयुक्त राज्य अमेरिका ले रोक्का राखेको इरान को सम्पत्ति खाडी राष्ट्रहरूको पुनर्निर्माणमा प्रयोग गर्न सक्ने संकेत दिएको छ।

फाइनान्सियल टाइम्स का अनुसार, इरानी आक्रमणबाट क्षति बेहोरेका खाडी मुलुकहरूलाई सहयोग गर्न यस्तो विकल्पबारे अमेरिकी प्रशासनले आन्तरिक रूपमा विचार गरिरहेको छ।

फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायल ले इरानमाथि आक्रमण सुरु गरेपछि, इरानले जवाफी कारबाही गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइन लगायतका खाडी राष्ट्रहरूमा प्रहार गरेको थियो।

यस आक्रमणबाट भएको क्षतिको पुनर्निर्माणका लागि रोक्का गरिएको इरानी सम्पत्ति प्रयोग गर्ने विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट ले सम्भावनाको अध्ययन थालेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार, “इरानबाट भविष्यमा हुन सक्ने क्षतिको मर्मत तथा पुनर्निर्माणका लागि खाडी सहयोगी राष्ट्रहरूलाई सहयोग गर्न उपलब्ध सबै संयन्त्र प्रयोग गरिनेछ।”

इरानसँगको द्वन्द्वका कारण अमेरिकाको खाडी मुलुकहरूसँगको सम्बन्धमा केही तनाव देखिएको छ। यद्यपि अप्रिल ७ मा युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच छिटपुट आक्रमण जारी रहेको बताइएको छ।

हाल संयुक्त राज्य अमेरिका तथा उसका साझेदार देशहरूमा करिब १ खर्ब डलर बराबरको इरानी सम्पत्ति रोक्का गरिएको छ। युद्ध अन्त्यका लागि भइरहेका वार्तामा उक्त सम्पत्तिको केही हिस्सा फुकुवा गर्ने विषय पनि उठाइएको छ।

विश्लेषकहरूका अनुसार, यदि इरानले शान्ति सम्झौतामा सहमति नगरेर आक्रमण जारी राखेमा, रोक्का गरिएको सम्पत्ति प्रभावित राष्ट्रहरूको पुनर्निर्माणमा प्रयोग गर्ने विकल्पमार्फत अमेरिका इरानमाथि दबाब बढाउने रणनीतिमा देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय