spot_img

बारासहित १० जिल्लामा बर्डफ्लु फैलियो, पाँच लाखभन्दा बढी पन्छी नष्ट

spot_img
spot_img

वीरगन्ज,२६ जेठ । देशका विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि सरकारले नियन्त्रण तथा नष्टिकरण अभियानलाई तीव्र बनाएको छ। हालसम्म १० जिल्लामा सङ्क्रमण देखिएपछि करिब पाँच लाखभन्दा बढी पन्छी नष्ट गरिएको छ।

सङ्क्रमण झापा, मोरङ र सुनसरीबाट सुरु भई महोत्तरी हुँदै बारा, चितवन, काठमाडौँ उपत्यका र नवलपरासीसम्म फैलिएको पशु सेवा विभागले जनाएको छ। बारा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै विशेष सतर्कता अपनाइएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म ७२ वटा फार्मका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएका छन्। साथै ७ लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरिएको छ।

सङ्क्रमण देखिएका फार्ममा ‘द्रुत कार्य टोली’ परिचालन गरी पन्छी नष्ट गर्ने, फार्म सिल गर्ने तथा ओसारपसारमा कडाइ गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा करिब दुई महिनासम्म नयाँ व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।

बर्डफ्लुको उपचार उपलब्ध नभएकाले रोग फैलिन नदिन संक्रमित पन्छी नष्ट गर्नु नै प्रमुख उपाय भएको विभागले स्पष्ट पारेको छ।
संक्रमित पन्छीमा अचानक मृत्यु, दाना नखाने, सुस्त हुने, अण्डा उत्पादन घट्ने तथा श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण देखिने बताइएको छ।
मानिसमा संक्रमणको सम्भावना कम भए पनि प्रत्यक्ष सम्पर्कबाट ज्वरो, खोकी र घाँटी दुख्ने जस्ता लक्षण देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सरकारले बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार नष्ट गरिएका पन्छीको लागत मूल्यको ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ। नियन्त्रणका लागि पशु चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय