spot_img

रवि लामिछानेविरुद्धकाे संगठित अपराध खारेज गर्न पर्सा अदालतको आदेश

spot_img
spot_img

वीरगन्ज,२६ जेठ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग हटाउने आदेश दिएको छ।

जिल्ला अदालतले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा दायर अभियोगमध्ये संगठित अपराधको दफा हटाउँदै अब केवल सहकारी ठगीसम्बन्धी अभियोग मात्र कायम रहने निर्णय गरेको हो।

जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो।

सरकारी वकिल कार्यालय पर्साले महान्यायाधिवक्ताको स्वीकृतिपछि अभियोग संशोधनको निवेदन दायर गरेको थियो। अदालतले उक्त निवेदन कानुनसम्मत ठहर गर्दै संशोधनलाई अनुमति दिएको हो।

यसअघि विशाल सहनी गोढी लगायतको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहित २९ जनामाथि सहकारी ठगी र संगठित अपराध दुवै अभियोग लगाइएको थियो।

अदालतको आदेशपछि अब मुद्दामा केवल सहकारी ठगी सम्बन्धी अभियोगमा मात्र सुनुवाइ अघि बढ्ने भएको छ। यसअघि कास्की जिल्ला अदालतले पनि यस्तै प्रकृतिको संगठित अपराध अभियोग हटाउने आदेश दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय