spot_img

नेपालको ब्याटिङ कमजोर, थाइल्याण्डसँग ५६ रनले पराजित

spot_img
spot_img

काठमाडौँ,२७ जेठ । नेपाल महिला क्रिकेट टोली एसिसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै एसिया कप छनोटको दौडबाट बाहिरिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले ५६ रनको हार बेहोरेको हो। थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७४ रनमा समेटियो।

नेपालका लागि रुविना क्षेत्री ले अविजित २० रन बनाउँदै सर्वाधिक योगदान दिइन्। सोनी पाख्रिनले १५ रन तथा सम्झना खड्का र सीता रानामगरले समान १२–१२ रन जोडे पनि अन्य ब्याटर चल्न नसक्दा टोली कमजोर स्थितिमा पुग्यो।

यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो। थाइल्याण्डकी नानापाट खोन्चारोयन्काइले उत्कृष्ट अर्धशतक प्रहार गर्दै अविजित ६२ रन बनाइन् भने फानिता माया (२६ रन) र चानिदा सुथिरूवाङ (१६ रन) ले पनि महत्वपूर्ण योगदान दिए।

नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान एक–एक विकेट लिए पनि बलिङ र ब्याटिङ दुवै पक्ष कमजोर हुँदा टोलीले प्रतिस्पर्धात्मक खेल देखाउन सकेन।

यससँगै नेपाली महिला टोलीका लागि यो महिना निराशाजनक बनेको छ। यसअघि चीनसँग पराजित हुँदै नेपाल यसै वर्ष जापानमा हुने एसियन गेम्सको छनोटबाट पनि बाहिरिइसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय