spot_img

स्वदेशी विमानस्थलबाट मात्रै श्रमिकलाई विदेश पठाउन विभागको आग्रह

spot_img
spot_img

काठमाडौं,०२ असार । वैदेशिक रोजगार विभागले स्वदेशी विमास्थल प्रयोग गरेर मात्रै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन अनुरोध गरेको छ ।

पछिल्लो समय भारत तथा विभिन्न देशका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आएपछि विभागले सचेत गराउँदै स्वदेशी विमानस्थलबाट मात्रै पठाउन अनुरोध गरेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीका लागि पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनुपर्ने व्यवस्था छ । कुनै कारणवशः विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको स्वीकृति लिएर मात्रै पठाउन सकिने व्यवस्था छ ।

म्यानपावरले ऐनको दफा २२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ अनुसार मात्रै स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिक पठाउन सूचित गराएको हो ।

विभागले म्यानपावरहरूलाई परिपत्र गर्दै तीन महिनामा श्रम स्वीकृति लिएको, विदेश पठाएको विवरण समेत माग गरेको छ । विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण माग गरेको हो ।

नेपालको विमानस्थल प्रयोग नगरी अन्यत्रबाट पठाएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय