spot_img

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद ओलीको माग

spot_img
spot_img

काठमाडौं,०३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी खुस्बु ओलीकी प्रमुख सचेतकले कुवेतका विभिन्न जेलमा रहेका तथा अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरूले अमानवीय अवस्था भोगिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद ओलीले आफूले कुवेतमा समस्यामा परेकी नेपाली महिला सर्मिला दर्जीको उद्धारका लागि निरन्तर पहल गरेपछि उनलाई स्वदेश फर्काउन सफल भएको जानकारी दिइन्। उनले उद्धार प्रक्रिया क्रममा कुवेतस्थित नेपाली दूतावाससँग समन्वय गर्दै आवश्यक पहल गरिएको पनि बताइन्।

उनका अनुसार बोर्डिङ पास लिइसकेपछि पनि सम्बन्धित निकायले उनलाई पुनः नियन्त्रणमा लिएर जेल पठाएको घटना समेत भएको थियो, जसपछि पुनः कूटनीतिक पहलमार्फत रिहा गराई नेपाल फर्काइएको हो।

सांसद ओलीले कुवेतका जेलहरूमा अझै सयौँ नेपाली महिलाहरू रहेको र केहीले मानसिक स्वास्थ्यसमेत गुमाइसकेको दाबी गरिन्। अवैध बाटोबाट वैदेशिक रोजगारीमा पुगेका करिब ६५ हजार नेपाली महिला जोखिममा रहेको उल्लेख गर्दै उनले उनीहरूको तत्काल सुरक्षित उद्धारका लागि सरकारसँग ठोस पहल गर्न आग्रह गरिन्।

उनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी कूटनीतिक तथा कानुनी कदम आवश्यक रहेको पनि जोड दिइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय