spot_img

उच्च अदालत जाने म्याद बाँकी रहँदै पक्राउ गरिएको आरोप : सेफ सन्तोष साह

spot_img
spot_img

काठमाडौं,०३ असार । बीबीसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित सेफ सन्तोष साहले आफूलाई कानुनी प्रक्रिया पूरा नहुँदै पक्राउ गरिएको दाबी गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले जिल्ला अदालत काठमाडौँको निर्णयविरुद्ध उच्च अदालतमा जाने म्याद बाँकी रहँदै पक्राउ गरिएको भन्दै घटनाबारे सार्वजनिक भएका विवरणहरू भ्रमपूर्ण रहेको बताए।

साहका अनुसार विवादित करिब ४ लाख ५० हजार रुपैयाँको चेकसम्बन्धी मुद्दामा अदालतको फैसला भए पनि त्यसविरुद्ध अपिल गर्ने समय बाँकी रहेको अवस्थामा आफूलाई नियन्त्रणमा लिइएको हो। उनले एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि भद्रकाली परिसरमा उपस्थित हुँदा पक्राउ नगरिएको र पछि जनकपुरबाट नियन्त्रणमा लिइएको विषयमा प्रश्न उठाए।

उनले सिला रेष्टुरेन्टको सम्पत्ति खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको बताए। सोही प्रक्रियामा घरभाडा र विद्युत् महसुलसमेत मिलान गरिएको भन्दै उनले वित्तीय लेनदेनबारे मिडियामा आएको विवरण गलत रहेको दाबी गरे।

साहले आफूविरुद्ध देखाइएको मुख्य विवाद २ करोड २५ लाख नभई करिब ४ लाख ५० हजार रुपैयाँको चेकसम्बन्धी मात्र भएको दोहोर्‍याए।

उनका अनुसार विभिन्न बैंकमार्फत गरिएको भुक्तानीमध्ये नबिल बैंकबाट १७ लाख, लक्ष्मी सनराइज बैंकबाट ६ लाख र नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ।

उनले आफ्नो पक्ष कानुनी रूपमा स्पष्ट गर्ने क्रममा सबै लेनदेन पारदर्शी रूपमा भएको दाबी गर्दै गलत बुझाइका आधारमा मुद्दा अतिरञ्जित गरिएको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय