spot_img

अदालत कर्मचारीमाथि आक्रमण प्रकरणमा गोडैता–५ का वडाध्यक्ष पक्राउ

spot_img
spot_img

सर्लाही,०२ असार । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि अदालतको फैसला कार्यान्वयन गर्न पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनासम्बन्धी उजुरीका आधारमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतम का अनुसार घटनाबारे उजुरी परेपछि अनुसन्धानका लागि वडाध्यक्ष गुप्तालाई पक्राउ गरिएको हो। हाल उनलाई मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यसै घटनामा जनता समाजवादी पार्टी नेपाल का गोडैता–५ वडा समिति अध्यक्ष सुरेन्द्र यादव लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यता, देवेन्द्र यादव ले वडाध्यक्ष गुप्ता निर्दोष रहेको दाबी गरेका छन्। घटनाका बेला गुप्ता भारतमा रहेको भन्दै उनलाई नियोजित रूपमा दुःख दिने उद्देश्यले पक्राउ गरिएको उनको आरोप छ।

नगरप्रमुख यादवका अनुसार अदालतका कर्मचारीमाथि भएको हातपातमा वडाध्यक्षको संलग्नता नभई गाउँका केही महिलाको सहभागिता रहेको थियो। प्रहरीले भने घटनासम्बन्धी उजुरी र प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय