spot_img

रास्वपाले महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार रुपैयाँ तोक्यो

spot_img
spot_img

काठमाडौं,०३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षक शुल्क निर्धारण गरेको छ।

पार्टीका अनुसार महाधिवेशन प्रतिनिधिले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस्तै, पर्यवेक्षकका लागि पनि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विशेष व्यवस्थाअन्तर्गत थप सहभागिताका लागि अतिरिक्त शुल्कको व्यवस्था गरिएको जानकारी दिइएको छ।

रास्वपाले आर्थिक रूपमा कमजोर सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुन सहज बनाउन सहायता कोष सञ्चालन गर्ने जनाएको छ।

पार्टीको निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब ३ हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ।

पार्टी स्थापना भएको चार वर्ष पूरा भएको अवसर पारेर आयोजना गर्न लागिएको महाधिवेशनलाई रास्वपाले संगठनात्मक रूपान्तरण र भावी रणनीति तय गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।

महाधिवेशन व्यवस्थापनका लागि मूल आयोजक समितिसहित १८ वटा विभिन्न उपसमिति गठन गरिएको पार्टीले जनाएको छ। महाधिवेशनमा पार्टीको नेतृत्व, नीति तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय