spot_img

भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाउने १ जना पक्राउ

spot_img
spot_img

धनकुटा,०४ असार । धनकुटामा भारतीय नम्बर प्लेटको सवारी साधनमा नेपाली नम्बर प्लेट राखेर अवैध रूपमा सञ्चालन गर्दै आएका एक चालक पक्राउ परेका छन्।

साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले चेकजाँचका क्रममा उक्त गाडी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारत बिहार राज्य जोगबनी थाना अमोना पञ्चायत–२१ मिरगञ्जका २२ वर्षीय नन्दुकुमार चौधरीले चलाएको सेतो कारको वास्तविक भारतीय नम्बर प्लेट बीआर एजी ६७०२ रहेको खुलेको छ। तर उनले सो नम्बर प्लेटमाथि नेपाली नम्बर प्रदेश १–०१–००१ च ९२९४ राखी सवारी सञ्चालन गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चालक चौधरीलाई नियन्त्रणमा लिई सवारी साधनसहित थप अनुसन्धान तथा कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा पठाइएको प्रहरीले जनाएको छ। घटना यातायात व्यवस्था ऐन २०४९ अनुसार अनुसन्धान भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय