काठमाडौं,०४ असार । सहकारी ठगी सम्बन्धी मुद्दामा अभियोग सामना गरिरहेका रवी लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार तारेखका लागि अदालत पुगेका लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरेका छन्। उनीविरुद्ध विभिन्न सहकारी संस्थासँग सम्बन्धित आर्थिक अनियमितता तथा ठगी आरोपबारे अदालतमा सुनुवाइ प्रक्रिया जारी छ।
अदालतमा उपस्थित भई तारेख बुझ्ने नियमित प्रक्रियाअन्तर्गत उनले आजको हाजिरी पूरा गरेका हुन्। मुद्दाको थप सुनुवाइ र न्यायिक प्रक्रिया अदालतको कार्यतालिका अनुसार अगाडि बढ्ने जनाइएको छ।




