spot_img

राज्य कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल

spot_img
spot_img

काठमाडौं,०४ असार । नेकपा (कम्युनिस्ट पार्टी) का नेता भीम रावलले दक्ष र अनुभवी जनशक्तिलाई हटाउने प्रयासमार्फत राज्यलाई कमजोर बनाउने “खेल” भइरहेको आरोप लगाएका छन्।

लोकसेवा आयोगमार्फत छनोट भई लामो समयदेखि सेवा दिइरहेका कर्मचारीहरूलाई अवकाश दिने वा हटाउनेबारे चर्चाप्रति आपत्ति जनाउँदै रावलले यस्तो कदम आर्थिक रूपमा समेत देशका लागि घातक हुने टिप्पणी गरेका हुन्।

उनका अनुसार, प्रशासनिक प्रक्रियाबाट छानिएका सहसचिव तहभन्दा माथिका तथा लामो अनुभव भएका करिब १० हजारभन्दा बढी कर्मचारीलाई अवकाश दिने विषयमा चर्चा हुनु गम्भीर विषय हो, जसले राज्य संयन्त्रलाई कमजोर बनाउने खतरा रहन्छ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले राजनीतिक दलका नेता, सांसद, कर्मचारी र नागरिक सबैले यस्तो विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। रावलले नेपाल २००७ सालपछि विभिन्न राजनीतिक परिवर्तनका क्रममा यस्ता “षड्यन्त्र र प्रयोग” हुँदै आएको दाबीसमेत गरेका छन्।

उनले विगतका घटनाको स्मरण गर्दै २०४६/४७ सालको आन्दोलनपछि बनेको सरकारका पालामा सुरक्षा निकाय र प्रशासनिक संरचनामा गरिएको परिवर्तनले राज्य संयन्त्र कमजोर बनाएको उल्लेख गरेका छन्।

रावलका अनुसार, त्यतिबेला प्रतिजासुसी संगठन खारेज गरिएको र ठूलो लगानीमा तयार गरिएको जनशक्ति हटाइएकाले प्रशासनिक प्रणालीमा दीर्घकालीन असर परेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय