spot_img

अवसरवाद र अराजकताले एमाले कमजोर बनाउने प्रयास भइरहेको महेश बस्नेतको आरोप

spot_img
spot_img

काठमाडौँ,०४ असार । नेकपा एमालेका सचिव महेश बस्नेत ले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताले पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे प्रदेशस्तरीय भेला र सुझाव संकलन भइरहेका बेला सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

बस्नेतका अनुसार एमालेको ११औँ महाधिवेशनले तय गरेको कार्यनीतिक नारा अनुसार दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतासँग लड्ने लक्ष्य भए पनि अहिले त्यही प्रवृत्तिले पार्टीभित्र चुनौती सिर्जना गरिरहेको छ।

उनले अवसरवादी प्रवृत्तिको तुलना गर्दै पद, पैसा र प्रतिष्ठाको लोभ कहिल्यै नथामिने चरित्र पार्टीभित्र पनि देखिन थालेको टिप्पणी गरेका छन्। त्यस्ता प्रवृत्तिले संगठनात्मक एकता र विचारधारात्मक मजबुतीमा असर पारिरहेको उनको भनाइ छ।

बस्नेतले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउँदै संगठनलाई अनुशासित र एकताबद्ध राख्नुपर्नेमा जोड दिएका छन्। साथै व्यक्तिगत स्वार्थभन्दा जनहित र राष्ट्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय