वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ।
फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।
वीरगन्ज,१७ माघ । वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको कृष्णा अस्पताल प्रालिमा उपचाररत एक युवकको मृत्यु भएपछि परिवारजनले चिकित्सक र अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाएका छन्।...
वीरगन्ज,१६ माघ । लामो समयदेखि वर्षायाममा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन्। वडा नम्बर १७, २४ र...
वीरगन्ज,१५ माघ । मधेश र समग्र नेपालको भाषा, साहित्य तथा संस्कृतिलाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ आज वीरगन्जमा औपचारिक रूपमा...
वीरगन्ज,१४ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठक महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा तथा पार्टीका...
वीरगन्ज,१२ माघ । वीरगन्जको आदर्शनस्थित लक्ष्मी सनराईज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत र विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न...
वीरगन्ज,३१ असार । वीरगन्जस्थित नारायणी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर...
जनकपुर,२६ असार । नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। उनले खानेपानीको अभावले...