spot_img

मधेश साहित्य महोत्सव २०२६ वीरगन्जमा सुरु

spot_img
spot_img

वीरगन्ज,१५ माघ । मधेश र समग्र नेपालको भाषा, साहित्य तथा संस्कृतिलाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ आज वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ। महोत्सव वीरगन्जस्थित मधेश विश्वविद्यालय परिसरमा तीन दिनसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले मधेशको भाषा, साहित्य र संस्कृतिले यहाँको पहिचान र इतिहासलाई जीवन्त बनाएको उल्लेख गर्दै यस्ता महोत्सवले दबिएका आवाजलाई सार्वजनिक मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे।

महोत्सवको अध्यक्षता वीरगन्ज महानगरपालिकाका मेयर तथा महोत्सवका संरक्षक राजेशमान सिंहले गरेकाे थियो। मेयर सिंहले महोत्सवलाई सांस्कृतिक आन्दोलनको रूपमा स्थापित गर्दै वीरगन्जलाई साहित्य, कला र बौद्धिक संवादको केन्द्र बनाउन महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए।

महोत्सव अवधिमा गाउँ केन्द्रित बहस, साहित्यिक सत्र, काव्यशाला, बहुभाषिक कवि गोष्ठी र विविध सांस्कृतिक प्रस्तुति आयोजना गरिने आयोजक उत्कर्ष नेपालले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय