आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
16 C
Kathmandu
16 C
Kathmandu
23 C
Birgunj

बलत्कारको घट्ना मिलाउन वडा अध्यक्ष र प्रहरीले सहयोग गरेको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१४ बैशाख —वीरगन्ज महानगरपालिकाको वडा नं.१६ का एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भारतको रक्सौल अहिरवा टोला निवासी बिक्रम डोमलाई छुटाउन वडा अध्यक्ष तथा आरोपीतका आफन्तहरुले पटक पटक ज्यान मर्ने धम्की दिएको पिडितका बुवा महेन्द्र मल्ली डोमले गुनासो गरेका छन् ।

- Advertisement -

बलत्कारको शिकार भएकी युवतीकोे बुबालाई मिलापत्र गर्न स्थानिय जनप्रतिनिधि कै मिलेमतोमा आरोपीतका अफान्तहरुले दबाब दिइरहेका उनले बताए । पिडित परिवारका अनुसार आरोपीका आफन्त तथा स्थानिय वडा अध्यक्ष श्याम चौरसियाले पैसा लिएर मिलापत्र गर्न भनेको तथा नगरे ज्यान मार्ने धम्की समेत दिएको पिडित परिवारले बताएका हुन् ।

प्रहरीले बिक्रम डोमलाई गत बर्ष फागुन २१ गते विउमनमा वडा नम्बर १६ नगवाको भुटनदेवी मन्दिर नजिकै गँहुको खेतबाट रंगेहात पक्राउ गरेको थियो प्रक्राउ परेको बिक्रम डोमको परिवारले पिडित परिवारलाई मिलापत्र गर्न पटक पटक दवाव दिदै आएको छ । पिडिताको बुवा महेन्द्र डोमका अनुसार आरोपीको परिवारहरुले निजको छोरालाई जबदस्ती नगवाबाट उठाएर रक्सौल प्रहरीको जिम्मामा लगाएको थियो ।

- Advertisement -

पिडक परिवारको दबावमा भारतीय प्रहरीले कोठामा थुनी छोरालाई मरणासन्न हुनेगरि मारपिट गरेको पिडित परिवारले जनाएको छ । पिडिताकी बुवाले भने, नेपाल प्रहरीको सहयोगमा बिहिवार भारतको रक्सौलबाट छोरालाई बिरगन्ज ल्याउँदै गर्दा प्रहरीकै आखाँ अगाडी आधा दर्जनको संख्यामा आएका गुण्डाहरु मितेरी पुलबाट छोरा करण मल्लिक डोमलाई बेपत्ता बनाएको बताउनु भयो ।

पिडित परिवारका अनुसार जिल्ला प्रशासन कार्यालयमा गएको चैत्र १८ गते शान्ति सुरक्षाको लागि किटानी जाहेरी दिएको भएपनि प्रहरीले हाल सम्म धम्की दिने र पिडकलाई संरक्षण दिनेहरुलाई पक्राउ नगरेको गुनासो गरे । गतबर्ष फागुन २१ गतेसम्म अश्वमेध महायज्ञको कारण स्थानिय प्रशासनले जाँडरक्सी विक्रि वितरणमा रोक लगाएको भएपनि दारुको नशामा धुत्त रहेको बिक्रम मली डोमले छोरीलाई जबदस्ती करणी गरेको भएपनि गरिब र दलित भएकै कारण हाल सम्म न्याय नपाएकोे पिडित परिवारले दुखेसो पोखे ।

पिडिताकी बुवा महेन्द्र मली डोमले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इनर्वा प्रहरी चौकी, नगवा प्रहरी चौकीमा धाइरहेको भएपनि हाल सम्म न्याय नपाएको बताए । स्थानिय मंगर डोम, किरणिया डोमिन, मैना डोमिन, शारधा डोमिन लगायतको सहयोमा छोरालाई वेपत्ता बनाए पनि हाल सम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न कुनै चासो देखाएको छैन । पक्राउ परेका विक्रम डोमलाई नछुटाए छोरालाई नछोडने धम्की उनीहरुले दिइरहेको जानकारी प्रहरीलाई गराएको भएपनि जिल्ला प्रहरी कार्यालयले छोरालाई छुटाई दिन पहल नगरेको पिडित परिवारको भनाई छ ।

शुरुमा आरोपीका आफन्त तथा वडा अध्यक्ष समेतले मिलापत्र गर्नका लागि २ लाख ५० हजार रुपैयाको लोभ दिएकोमा अस्विकार गरेपछि छोरालाई नियन्त्रणमा लिएर घट्ना मिलापत्र गर्न उनीहरुले धम्की दिएको महेन्द्र मली डोमले बताए ।अन्यायमा परेको भन्दै पिडित परिवारले न्याय दिलाई दिन अहिले जिल्लामा भौतारिदै गुहार मागीरहेका छन् । घट्ना बिषयमा बुझन खोज्दा वीरगन्ज महानगरपालिका वडा न. १६ का वडा अध्यक्ष श्याम चौरसियाले आफुहरु मिलापत्र गर्न कुनै रमकको लोभ नदेखाएको तथा दबाब पनि नदिएको वताउनु भयो ।

चौरसियाका अनुसार प्रहरीले घट्ना स्थलबाटै आरोपीलाई नियन्त्रणमा लिएको तथा हाल मुदा अदालतमा रहेको कारण फैसला के हुन्छ त्यसको प्रतिक्षा गर्नुपर्ने बताउनु भयो । वडा अध्यक्ष चौरसियाका अनुसार निर्दोषिहरुलाई फँसाउनु हुन्न मेरो भनाई यति मात्र रहेको बताउनु भयो ।

पुनः थप्दै चौरसियाले भने, पिडिताका बुवाले स्थानिय चारजनालाई बिभिन्न आरोप लगाएर फसाउन खाजेको उनले बताए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक राजेश दत्तका अनुसार भारतिय प्रहरीमा रहेको मल्लीको छोरालाई हामी छुटाएर परिवारको जिम्मा लगाएको भएपनि फेरी बाटोबाट वेपत्ता भएको खबर आएको भएपनि बिहिवार अवेला भएको कारण हाम्रो रेक्यु टोलीले उनलाई छुटाउन सकिएन तर प्रहरीले आ आफनो तर्फबाट पुरा प्रयास गरीरहेको बताउनु भयो । पर्साको प्रहरी उपरिक्षक रेवती ढकालका अनुसार मुदा अदालतमा रहेको तथा आरोपी करागारमा रहेको बताउँदै पिडित परिवारलाई दबाव तथा धम्की दिनेलाई कारवाहीको दायरामा ल्याउँने तथा वेपत्ता रहेको परिवारको सदस्यलाई छुटाउन भारतिय प्रहरीसँग समन्वय गर्ने बताउनु भयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -