spot_img

राष्ट्रपतिकाे चीन भ्रमण : आज पनि भण्डारी भेटघाटमा व्यस्त

spot_img
spot_img

काठमाडौं– समकक्षी सी चीन फिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पनि विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त रहने छिन्।

राष्ट्रपति भण्डारी बीआरआई सम्मेलनमा सहभागी हुने पाहुनाका लागि आयोजना गरिएको  स्वागत समारोहमा सहभागी भएकीछिन। बिहान १० बजेबाट राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त समारोह भएकाे थियाे ।

त्यस्तै साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म कनेक्टिभिटिले ल्याउने आर्थिक वृद्धिका नयाँ स्रोतहरूबारे छलफल भएकाे छ। राष्ट्रपतिले त्यहाँ उक्त सत्रमा सहभागी भएर आफ्नो धारणा राखेकीछिन।

लगत्तै समूहमा फोटो खिचाएपछि बिआरआईमा उपस्थित अतिथिहरूका लागि ककटेल रिसेप्सन आयोजना गरिएकाे छ।

त्यसपछि दिउसो ३ः१५ देखि साँझ पौने ६ बजेसम्म आयोजना हुने तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछिन्।

बेल्ट एन्ड रोड फोरमको उच्च स्तरीय बैठकलाई भने राष्ट्रपति भण्डारीले हिजो नै सम्बोधन गरेकी थिइन्। नेपाली भाषामा सम्बोधन गर्दै उनले  विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्ने बताएकी थिइन्।

दुई राष्ट्रपतिबीचको भेटवार्ता भने सोमबार हुने छ। उक्त दुई पक्षीय भेटमा यतायात तथा पारवाहान सम्झौताको प्रोटोकलमा हस्ताक्षेर समेत हुने कार्यक्रम छ।

भेटकै क्रममा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निमन्त्रणा  समेत दिनेछिन्। नेपालका राष्ट्र प्रमुख र चिनियाँ राष्ट्र प्रमुखबीच बेइजिङस्थित सरकारी मुख्याल ग्रेट हलमा पहिलो पटक यस्तो भेटवार्ता हुन लागेको छ।

गणतन्त्र स्थापना भएता चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई राजकीय निम्तो दिएर बोलाएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय