गण्डकदेखि मितेरीपुलसम्मकाे सडक विस्तारका लागि केन्द्रविन्दु निर्धारण सुरु

spot_img

बीरगन्ज,१८ वैशाख । त्रिभुवन राजपथअन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक विस्तारका लागि केन्द्रविन्दु निर्धारण गर्ने काम सुरु गरिएको छ।

सडक डिभिजन हेटौँडालेको नेतृत्वमा मालपोत तथा भूमिसुधार कार्यालय र बीरगन्ज महानगरसहितको संयुक्त टोलीले बीरगन्जको घण्टाघर क्षेत्रबाट नापजाँच तथा रेखाङ्कनको काम अघि बढाएको हो।

यसअघि सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने अभियान सुरु भइसकेको छ। वैशाख ६ गतेदेखि डोजर प्रयोग गरी संरचना हटाउन थालेको कार्यालयले जनाएको छ।

प्राविधिक मापदण्डअनुसार सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली राख्नुपर्नेछ। साथै महानगरले थप पाँच–पाँच फिट क्षेत्र पनि छोड्न निर्देशन दिएको छ।

सडक डिभिजनका इन्जिनियर भोलाप्रसाद साहका अनुसार अहिले प्राविधिक टोलीमार्फत केन्द्रविन्दु छुट्याउने काम भइरहेको छ र सोही आधारमा आगामी विस्तार योजना अघि बढाइनेछ।

उक्त सडकखण्डको दीर्घकालीन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने प्रक्रिया समेत सुरु भइसकेको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय