Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रधानमन्त्रीको निर्देशनमा खुलामञ्चमा चल्यो डोजर !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चलाइएर हटाइएकाे छ । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित पुगेका थिए ।

- Advertisement -

उनी सबै टहरा भत्काइसकेपछि मात्र फर्किए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सुरुमा केहीबेर देखिएपनि अन्तै कार्यक्रम छ भन्दै हिँडेका थिए ।

उपमेयर हरिप्रभा खड्की टहरा भइत्काइसक्दा पुगेकी थिइन् । उनलाई स्थानीय व्यापारीले आक्रमणाकाे प्रयास समेत गरेका थिए । मेयर शाक्यले शुक्रबार मात्र खड्कीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।

- Advertisement -

खड्कीका अनुसार उनले आइतबार यसबारे छलफल राखेकी थिइन् । तर, त्यसको अघिल्लो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा डोजर चलाइएको छ ।

मेयर शाक्य अन्तै कार्यक्रम छ भनेर जानुले पनि डोजर चलाउने उनको निर्देशन होइन भन्ने प्रष्ट भएको छ । त्यसलाई पुष्टि गर्दै उपमेयर खड्कीले भनिन्, ‘माथिबाट आदेश आएपछि डोजर चलाएको जानकारीमा आएको छ ।’

काठमाडौंका प्रजिअ आचार्यले पनि माथिको आदेशमा महानगरसँग मिलेर डोजर चलाएको प्रतिक्रिया दिए ।

ताजा समाचार

spot_img

थप समाचार