मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

‘विवेकशील साझा’को नाम अब ‘साझा विवेकशील’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — पूर्वपत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले आफ्नो नाम परिर्वतन गरेको छ। विवेकशील साझाबाट नाम परिवर्तन गरी ‘साझा विवेकशील’ बनाउने निर्णय उसले गरेको हो।

- Advertisement -

मिश्र र उज्वल थापाको नेतृत्वमा पार्टी गठन गर्दा साझा विवेकशील नाम राखिएको थियो। तर मिश्रको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै थापाले उनीहरुको पार्टी फुटाएर विवेकशील नेपाल दल बनाएका छन्।

यस्ता छन् बैठकका ८ निर्णय

१. जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तर्कृया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने छ। सो यात्राका क्रममा आम जनताको चासोका राष्ट्रिय एजेन्डा र अपेक्षाको पहिचान गरिने छ। साथै वृहत राष्ट्रिय स्वार्थ, मातृभुमीको सेवा र स्वाभिमान, भ्रष्टाचारमुक्त राज्य, सुसंस्कृत राजनीति र समतामुलक संवृद्धिप्रति प्रतिवद्ध हरेक नागरिकसँग देश रूपान्तरणको अभियानमा कसरी हातेमालो गर्न सकिन्छ भन्नेबारे बिमर्श गरिने छ। सो यात्रामा पार्टीसँग आवद्ध नभए पनि देशको रूपान्तरणमा सकृय रहेका कुनै पनि तप्का र विचारका प्रवुद्ध व्यक्तित्वहरूलाई संभव भएसम्म सामेल गरिनेछ। यात्राको निचोडका आधारमा पार्टीले विविध एजेन्डा र अडान तथा उच्च नेतृत्व लगायत विभिन्न तहका समितिलाई विस्तार गर्ने बारेमा आवस्यक निर्णय लिनेछ।
२. सन्सारका विभिन्न सुसंस्कृत देशहरूले अभ्यास गरेजस्तै स्थानीय तहको निर्वाचन गैर-दलीय बन्नु पर्छ भन्ने धारणालाई पार्टीले आफ्नो एउटा प्रमुख एजेण्डा बनाउने छ। त्यसले दलिय संबद्धताको आडमा स्थानीय तहमा हुने भ्रष्टाचारलाई न्यूनिकरण गर्नमात्र मद्दत गर्दैन, समाजको हरेक पक्षमा व्याप्त अनावश्यक र घातक दलिय भागभन्डा र अवाञ्छित राजनीतिकरणले ल्याएका विकृतिलाई पनि रोक्न मद्दत पुर्याउँछ।
३. भ्रष्टाचारले आक्रान्त समाजमा पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलत: भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्नेछ।
४. देशको रुपान्तरणको सोच र अभियानमा युवाहरुको यथोचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय गरेको छ।
५. विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा उनीहरूलाई मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पार्टीको पदेन केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरिएको छ।
६. हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ।
७. सबैको सद्भाव, सहयोग र सकृयताबिना यो देशमा सुसंस्कृत राजनीति स्थापित गरेर समतामूलक संवृद्धि हासिल गर्ने हाम्रो लक्ष्य पुरा हुन सक्दैन। आवश्यक आर्थिक आधारबिना पार्टी निर्माण हुनै सक्दैन। त्यसैले पार्टीले “दिनक एक कप चिया कम पिउँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौँ” अभियान सञ्चालन गर्नेछ। कोष संकलनका अन्य अभियान कायम रहने छ।
८. पार्टीले नीतिगत प्राथमिकता सहित वृहत क्षेत्रगत नीतिहरू तय गरको छ। तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने छ।
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -