सप्तरी, १६ बैशाख — सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् ।
काम गराई दिने भन्दै सेवाग्राहीसँग घुस लिदाँ लिँदै गर्दा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।
मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५ का एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वा्चित भएका थिए ।
अख्तियारले नियन्त्रणमा लिइएका मियाँ माथि थप करवाही तथा अनुसन्धान भइरहेको छ ।