Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

आइपीएल: यस सिजन आफ्नो अन्तिम खेलमा वार्नरको अर्धशतक, हैदराबाद विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

डेविड वार्नरले अष्ट्रेलिया फर्कनुअघि सिजनको अन्तिम खेलमा अर्धशतक बनाउँदै सनराइजर्स हैदराबादलाई जीत दिलाएका छन्।

वार्नरको ८१ रन तथा रसिद खानको ३ विकेटको मद्दतमा हैदराबादले सोमबार किंग्स एलेभेन पञ्जाबलई ४५ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ।

१२ खेलबाट १२ अंक जोड्दै हैदराबाद चौथो स्थानमा छ भने समान खेलबाट १० अंक रहेको पञ्जाब छैटौँ स्थानमा छ।

लिगमा सबै टोलीले १२ खेल खेलिसक्दा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

अब बाँकी ६ टोलीमध्ये दुई टोलीमात्र प्लेअफ पुग्नेछन्।

टस हारेर पहिले ब्याटिङ गरेको हैदारबादले वार्नरको अर्धशतकको मद्दतले ६ विकेट गुमाउर २१२ रन बनाएको थियो।

जवाफमा पञ्जाबले ८ विकेट गुमार १६७ रन मात्र बनाउन सक्यो।

हैदराबादका लागि वार्नरले ५६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे। यस्तै मनीष पाण्डेले ३६, ऋद्दिमन शाहले २८ तथा मोहम्मद नावीले २० रन योगदान गरे।

पञ्जाबका लागि ओपनर लोकेश राहुलले अर्धशतक प्रहार गरे पनि टिमलाई जिताउन सकेनन्। राहुलले ५६ बल खेल्दै ५ चौका र ४ चौका प्रहार गरे। मायांक अग्रवालले २७ र निकोलस पुरनले २१ रन जोडे।

पञ्जाबलाई जितसम्म पुग्न नदिन हैदराबादका लागि रसिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चे। यस्तै खलिल अहेमदले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए।

ताजा समाचार

थप समाचार