spot_img

आइपीएल: यस सिजन आफ्नो अन्तिम खेलमा वार्नरको अर्धशतक, हैदराबाद विजयी

spot_img
spot_img

डेविड वार्नरले अष्ट्रेलिया फर्कनुअघि सिजनको अन्तिम खेलमा अर्धशतक बनाउँदै सनराइजर्स हैदराबादलाई जीत दिलाएका छन्।

वार्नरको ८१ रन तथा रसिद खानको ३ विकेटको मद्दतमा हैदराबादले सोमबार किंग्स एलेभेन पञ्जाबलई ४५ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ।

१२ खेलबाट १२ अंक जोड्दै हैदराबाद चौथो स्थानमा छ भने समान खेलबाट १० अंक रहेको पञ्जाब छैटौँ स्थानमा छ।

लिगमा सबै टोलीले १२ खेल खेलिसक्दा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

अब बाँकी ६ टोलीमध्ये दुई टोलीमात्र प्लेअफ पुग्नेछन्।

टस हारेर पहिले ब्याटिङ गरेको हैदारबादले वार्नरको अर्धशतकको मद्दतले ६ विकेट गुमाउर २१२ रन बनाएको थियो।

जवाफमा पञ्जाबले ८ विकेट गुमार १६७ रन मात्र बनाउन सक्यो।

हैदराबादका लागि वार्नरले ५६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे। यस्तै मनीष पाण्डेले ३६, ऋद्दिमन शाहले २८ तथा मोहम्मद नावीले २० रन योगदान गरे।

पञ्जाबका लागि ओपनर लोकेश राहुलले अर्धशतक प्रहार गरे पनि टिमलाई जिताउन सकेनन्। राहुलले ५६ बल खेल्दै ५ चौका र ४ चौका प्रहार गरे। मायांक अग्रवालले २७ र निकोलस पुरनले २१ रन जोडे।

पञ्जाबलाई जितसम्म पुग्न नदिन हैदराबादका लागि रसिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चे। यस्तै खलिल अहेमदले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय