प्रचलित एउटा उखान छ “जती जोगी आए कानै चिरिएका” । प्राप्त बजेट बाँडीचूडी खाँउ, बिकासको काममा थोरै पैसा लागाउँ । स्थानीय सरकारको यही अवस्था छ ।
विकास(विकास(विकास को नारा सुन्नलाई त कति कर्णप्रिय शब्द छ । साँच्चैको विकास भइदिने हो भने बाँकी के रहन्छ र गर्नुपर्ने ? त्यसैले विस्तारै गरौं । औलामा गिनेर भन्ने हो भने के के परिवत्र्तन पाईसके र हामी । बिगतको शासन व्यवस्था र हाल गाउँ(गाउँमा सिंहदरबार भएको अवस्थामा हामी के परिवत्र्तन पायौं ? स्थानीय तहले कानूनी बागडोर हातमा लिएको करीब १८ महिना बितिसक्यो । स्थानीय तहको पहिलो आर्थिक बर्ष ०७४/७५ सकेर दोस्रो आर्थिक बर्ष ०७५÷०७६ सक्न करिब डेढ महिना मात्र बाँकी छ । कार्यकालको पहिलो आर्थिक बर्ष ०७४/७५ मा जनप्रतिनिधिहरु शिशु कक्षा पास गरे अर्थात् पूर्ण रुपमा ईमान्दारिताको बाटोमा हिंडे जस्तो लाग्यो ।
आमनागरिकले पनि जनप्रतिनिधिको कामकाज हेरेर परिवत्र्तनको आशा राखेका थिए । अपवाद वाहेक, दोस्रो आर्थिक बर्ष ०७५/०७६ को शूरुमा पनि जनप्रतिनिधिहरुको ईमान्दारीतामा कही पनि शंक गर्ने ठाउँ महशूस गरिएको थिएन । तर दोस्रो कार्यकालको अन्तय सँगै जनप्रतिनिधिहरु पिएचडि कक्षा पास गरिसकेको जस्तो अनुभुति हुन थालेको छ ।
स्थानिय तहले प्राप्त गरेको बजेटमा हिनामिना गर्ने विकृति देखिन थालिएको छ । बजेट प्रस्तुत गर्दा जुन शिर्षकमा बजेट विनियोजन गरिएको थियो त्यसमा नभई अन्य शिर्षकमा बजेट रकमको केहि अंश खर्च गरि बाँकी रकम बाँडिचूडि खाने बिगतको प्रचलित शिलशिलालाई मलजल गरिएको देखिन थालेको छ । छिपहरमाई गापाले लक्षित वर्गको लागि छुट्टयाएको रकम शैक्षिक शिर्षकमा खर्च गरेको देखाएको छ । त्यस्तै, कालिकामाई गापाले लक्षित वर्गको रकम सोलार बत्ती जडान शिर्षकमा खर्च गर्ने भएको छ । आखिर यस्तो किन भईरहेको छ ?
बजेट दुरुपयोग गर्ने कार्यमा चाही ईमान्दारीताको पूर्ण पालना गरिन्छ । एक्लै पाच्य हुने सम्भवना कम रहेकोले अलि अलि गरेर सबैको मुख थुन्ने र माथिल्लो दर्जाका पदधारीहरुले मनग्य भ्रष्टाचार गरिरहेको कुरा ब्यापक चर्चामा छ । प्रमुखहरुले बिकास बजेट आफूअनुकुल दुरुपयोग गर्नका लागि कार्यपालिका सदस्यहरुलाई देखि लिएर मुद्दा बनाउन सक्ने प्रतिपक्षि लगायत सम्भावित ब्यक्तिहरुलाई केहि रकम टक्रयाएर मुख थुन्ने काम गरिन्छ ।
स्मरण रहोस् छिमेकी मुलुक बिहारका पूर्व मुख्य मन्त्री लालू यादवले आफ्नो कार्यकालमा गरेको भ्रष्टाचारहरुलाई सत्ता परिवत्र्तन पछि कत्ति मुद्दा खेप्दै जेल जानु परेको थियो ।
उनले पनि सबै पक्षको पैसाको भरमा मुख थुनेर भ्रष्टाचार गरेको होलान् । त्यसकारण, बत्र्तमान अवस्थामा सत्तामा आसिन पात्रहरुले गलत काम गरेको खण्डमा त्यसको पोल पैसा खाएर आज मुख बन्द गरेकाहरुले भोलि जेल चालान गराउन सक्ने कुरामा अविस्वास गर्ने ठाउँ छैन । त्यसकारण ईमान्दार र जनतामुखी जनप्रतिनिधि बनी आ(आफ्नो भविष्य सुरक्षित गर्नुहोस् ।