Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

जापानका सम्राटले गरे गद्धी त्यागको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

टोकियो – जापानका सम्राट अकिहितोले मंगलबार गद्धी त्यागको घोषणा गरेका छन् । उनले जापान र संसारको शान्ति तथा वैभवताको कामना पनि गरेका छन् ।

दुई सय वर्षभन्दा बढीको समयमा जापानमा सम्राटले गद्धी त्यागेको यो पहिलो घटना हो । आज यस सम्बन्धमा राजदरबारभित्र विभिन्न औपचारिक कार्यक्रम गरिएका थिए ।

८५ वर्षीय सम्राटलाई बुढ्यौली र स्वास्थ्य अवस्थाका कारण कार्यभार ग्रहण गर्न नसकिने अवस्थामा पदबाट हट्नका लागि कानूनी रुपमा अनुमति छ । उनका छोरा युवराज नारुहितोले गद्धी लिनेछन् ।

विभिन्न परम्परागत कार्यक्रम सकिएपछि सम्राटले आफूले छोडेको जनाउन अन्तिम सम्बोधन गरेका हुन् । अकिहितो सन् १८१७ पछि पहिलो पटक यसरी स्वेच्छाले गद्धी त्याग्ने जापानी सम्राट हुन् ।

उनले सन् २०१६ मा गद्धी त्याग्ने विषयमा घोषणा गरेका थिए । उनले त्यसबेलामा आफ्नो स्वास्थ्यलाई नै कारण बताएका थिए । उनले छोडेपछि नारुहितोले १२६ औं सम्राटको रुपमा कार्यभार सम्हाल्नेछन् । ५९ वर्षीय नारुहितोले अक्सफोर्डमा अध्ययन गरेका हुन् । उनी २८ वर्षको उमेरमा युवराज भएका थिए ।

ताजा समाचार

थप समाचार