सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024
सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024

ओली सरकारकै कारण सीमावर्ती...

ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाएः साह रौतहट,१९ कार्तिक । आम जनता...

बारामा टाटा सुमाे दुर्घटना...

बारा,१९ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० मा साेमबार बिहान टाटा सुमाे दुर्घटना हुदाँ...

लिग-२मा स्कटल्यान्डविरूद्ध करण केसी...

काठमाडाैँ,१९ कार्तिक । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा स्कटल्यान्डविरूद्ध करण केसी...

दुर्घटनामा युवाको मृत्यु भएपछि...

नेपालगन्ज,१९ कार्तिक । सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी...
16.1 C
Kathmandu
24.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रेस स्वतन्त्रता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
मिश्रा राजेश

विश्वले प्रत्येक बर्ष मे ३ का दिन विश्व प्रेश स्वतन्त्रता दिवस मनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९३ मा घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

- Advertisement -

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ मनाउने भएको छ । पत्रकारहरुको हकहितको सुरक्षणको लागि नेपाल पत्रकार महासंघ हरसमय उपस्थित रहनुपर्छ । श्रमजिवि पत्रकारहरुको लागि आएको विधेयक कहिलेसम्म पूर्ण कार्यान्वयन हुने हो समयले नै बताउने छ । प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ ।

नेपालमा २०७५ सालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे उल्लेख गर्दा २०७५ साल संघीयता कार्यान्वयन र कानून निर्माणको वर्षका रूपमा रह्यो । अघिल्लो वर्ष २०७४ सालमा तीन वटै तहका निर्वाचन सम्पन्न भएर बनेका संघ, प्रदेश र स्थानीय तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटअनुरुप कार्य अघि बढाएका छन् ।

- Advertisement -

यसैगरी तीनवटै तहका संसदले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका दर्जनौ कानून बनाएका छन् भने कैयौ कानून संसदमै विचाराधिन अवस्थामा रहेका छन् । यी सबै कानून, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन पत्रकार महासंघले बिषेश जोड दिनुपर्छ ।

नेपालमा प्रेस स्वतन्त्रता हननका घटनाका कुरा गर्दा मुख्यरूपमा राजनीतिक गतिरोध, आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढी आक्रमण हुने गरेको पाइन्छ । तीन चरणका निर्वाचनहरू सम्पन्न भएर तीन वटै तहमा स्थायी सरकार निर्माण भएको यस अवस्थामा प्रेस स्वतन्त्रता हननका घटनामा कमि आउनेछन् भनेर हामीले अपेक्षा राख्नु स्वभाविकै हो । तर, हाम्रो अपेक्षा विपरित यस वर्ष पनि करिव अघिल्लो वर्ष जत्ति नै प्रेस स्वतन्त्रता हननका घटनाहरु हुन पुँगे । तीन तहको सरकार रहेको वत्र्तमान अवस्थामा प्रेस स्वतन्त्र रहेन भने अनियमित काम हुन सक्ने सम्भावनालाई निस्तेज पार्न सकिन्न ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले जनकपुरमा कार्यक्रम गर्ने भएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ पर्साले पनि शुक्रवार वीरगन्जमा प्रभात फेरि गर्ने भएको छ । संघीयता कार्यान्वयनको यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको छ । विभिन्न तहहरूमा कानून निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू पनि राखिएको छ । उदाहरणका लागि स्थानीय सरकार सञ्चालन ऐनलाई लिन सकिन्छ, जसको दफा ११ मा एफएम सञ्चालनसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहलाई एफ.एम. रेडियो खारेजीको अधिकारसमेत दिइएको छ ।

यसका साथै केन्द्र, प्रदेश र स्थानीय सरकारले बनाउनु पर्ने सञ्चारसम्बन्धी ऐनहरू बन्ने क्रममै भएकाले यसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्मका सबै संयन्त्रहरूले कडा निगरानीसहित पहलकदमी बढाउनु पर्नेछ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार