Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

भोजपुरी साहित्यका भिष्मपिता पं. दिपनारायण मिश्रको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२० बैशाख – भोजपुरी साहित्यका भिष्मपिता भनेर चिनिने बरिष्ठ साहित्यकार पं. दिपनारायण मिश्रको बिहिवार राती १० : ३८ बजे ८३ बर्षको उमेरमा निधन भएको छ । वहाँ बिगत लामो समय चिनी,दम तथा मुटु सम्बन्धि रोगबाट ग्रसित हुनुहुन्थ्यो । पछिल्लो महिनामा वहाँ योछ्यानबाट उठनै नस्ने अवस्थामा पुग्नु भएको थियो । वीरगन्ज महानगर वडा नं. ७ रामटोल निवासी मिश्रको आफ्नै निवासमा निधन भएको हो ।

नेपालमा भोजपुरी साहित्यका अग्रणी योद्धाका रुपमा रहनु भएका मिश्र भोजपुरी पत्रिकानिकाल्ने क्रममा जेलमा समेत पर्नु भएको थियो । नेपालमै पहिलो पटक वहाँले भोजपुरी साहित्यिक पत्रिका समाद निकाउनु भएको थियो भने उपन्यास,गजल,कविता,निबन्ध,गित लगायतका क्षेत्रमा कलम चलाउनु भएका थिए । पेशाले शिक्षक रहेका वहाँले वीरगन्जको शिक्षा क्षेत्रमा ठूलो गुण लगाउनु भएको छ ।

उनका कृतिहरुमा अजुरी के फुल,उत्सर्ग,असली नेता हम कहाई निकै चर्चित भएको थियो । मिश्र द्धारा लिखित दर्जन भन्दा बढी कृतिहरु प्रकाशित रहेका छन् । भोजपुरी भाषाको सम्बर्धन प्रर्बधनको लागि पं. मिश्रले पहिलो पटक २०२९ सालमा नेपाल भोजपुरी समाज सस्थाको स्थापना गर्नु भएको थियो । संस्थाको स्थापक अध्यक्ष रहनु भएको मिश्रलाई प्रज्ञा प्रतिष्ठान द्धारा प्रदान गरिने युवा साहित्य पुस्कार प्रदान गरिएको थियो ।

त्यसै गरी भोजपुरी भाषाको उत्थानको लागि योगदान पु¥याएको भन्दै भोजपुरी क्षेत्रबाट प्रदान गरिने प्राय सवै पुस्कारबाट वहाँ पुरस्कृत भई सक्नु भएको छ । उनलाई वीरगन्जमा नागरिक समाजले अभिन्दन पनि गरिएका थिए । मिश्रलाई आजै हिन्दु सस्कृति परम्परा अनुसार दाहसंस्कार गर्ने पवारिक स्रोतले जनाएको छ । उनको शवलाई वीरगन्जमा परिक्रममा पश्चात १० बजे पछि दाहसंस्कार गरिने उनका छोरा मनोज मिश्रले वताउनु भयो ।

ताजा समाचार

थप समाचार