Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

गुल्मीको एक सिद्धबाबा मा.वि.मा भूकम्पमापन यन्त्र जडान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गुल्मी, २० वैशाख — गुल्मीको सिद्धबाबा मा.वि.मा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । शुक्रबार सिस्मोमिटर यन्त्रको रेसुङ्गा नगरपालिकाको प्रमुख डिल्लीराज भुसालले उदघाटन गरे ।

उनले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भूकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।

सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टिकोणले हेर्ने गरिएको बताए ।

रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए ।

स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी विवरण सुरक्षित राख्छ ।

ताजा समाचार

थप समाचार