Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

कसरी निलम्बित भए बिमा...

काठमाडौँ,३१ असार ।  बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्। नियुक्ति प्रक्रियामा...

रविको पक्षमा डा. सीके...

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बीरगन्जमा वर्षाका लागि गहवामाई...

बीरगन्ज,३१ असार ।  बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि...

कञ्चनपुरमा विषालु च्याउ खाँदा...

कञ्चनपुर,३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
28.9 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

‘ब्रम्हास्त्र’ को प्रदर्शन मिति सारियाे: सलमान खानको ‘दबंग ३’ सँग डराएर वा अरु नै कारणले?

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अभिनेता रणबिर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रम्हास्त्र’ हेर्नका लागि दर्शकहरुले थप समय कुर्नुपर्ने भएको छ ।

- Advertisement -

फिल्मको हेभी भिएफएक्सको कामका कारण यो फिल्म यस वर्ष रिलिज हुनेछैन । फिल्मका निर्देशक अयान मुखर्जीले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष २०१९ मा रिलिज हुने भनिएको यो फिल्म अब २०२० मा मात्रै रिलिज हुनेछ । फिल्मको हेभी ग्राफिक्स र अन्य आवश्यक कुराहरुलाई ध्यानमा राख्दै अब यो फिल्म २०२० को गर्मीयाममा रिलिज गरिनेछ ।

यस जानकारीलाई ‘ब्रम्हास्त्र’ को ट्वीटर ह्याण्डल तथा फिल्मका निर्माता करण जोहरले ट्वीट मार्फत पोष्ट गरिएको छ  ।

View image on Twitter
निर्देशक अयान मुखर्जीले भनेका छन्, ‘पछिल्लो हप्तादेखि फिल्मका सम्पूर्ण टिम र भिएफएक्स टिम ग्राफिक्सको काम र साउण्डको काममा जुटेका छन्, ताकि यो फिल्म शानदार बन्न सकोस् । यही कुरालाई ध्यानमा राख्दै क्रिसमश २०१९ को रिलिज डेटलाई छोडेर हामी अगाडि बढिरहेका छौं । जसको लक्ष्य भनेको एक उत्कृष्ट फिल्मको निर्माण गर्नु हो । जसको अनुभव फिल्म ‘ब्रम्हास्त्र’ ले गराउन सकोस् । हाम्रो फिल्मको रिलिज २०२० को गर्मीयाममा सरेको छ । तर हामी फिल्मको प्रदर्शन मितिको घोषणा पछि मात्रै गर्नेछौं ।’
- Advertisement -

फिल्म ‘ब्रम्हास्त्र’ को मुख्य अभिनेता रणबिर कपूर र अभिनेत्री आलिया भट्ट हुन् । सुपरहिरोको कहानीमा बन्ने यस फिल्ममा अभिनेता अभिताभ बच्चन र मौनी रोयको पनि महत्वपूर्ण भूमिका रहनेछ । यसका साथै साउथका सुपरस्टार नागार्जुन पनि एक विशेष भूमिकामा देखिनेछन् । अयान मुखर्जीको निर्देशनमा बन्ने यस फिल्मको निर्माण करण जोहरले गर्दैछन् ।

यस अघि अभिनेता सलमान खानको सुपरहिट दबंग सिरिजको फिल्म ‘दबंग ३’ र ‘ब्रम्हास्त्र’ को प्रदर्शन मिति क्रिसमशकै अवसरमा डिसेम्बरमै राखिएको थियो । तसर्थ सलमान खानले रणबिर कपूरलाई टक्कर दिने चर्चा भइरहेका बेला ‘ब्रम्हास्त्र’ को टिमले फिल्मको प्रदर्शन मिति सारेको छ ।

यस वर्ष रिलिज भएको मल्टिस्टारर फिल्म ‘कलंक’को असफलतापछि करण जोहरले फिल्म ‘ब्रम्हास्त्र’ लाई समेत सलमान खानको ‘दबंग ३’ सँग जुधाएर नोक्सानी बेहोर्नुभन्दा फिल्मको मिति सारेर सतर्कता अपनाएको चर्चा पनि  यतिबेला भइरकेको छ ।

ताजा समाचार

spot_img

थप समाचार