spot_img

त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईको राजीनामा

spot_img
spot_img

काठमाडौं,१९ वैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार राजीनामा दिएको पुष्टि गर्दै आफू पदमुक्त भएको जानकारी दिएका हुन्।

भट्टराईलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको थियो।

हालको सरकार राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारीमा अघि बढेसँगै विश्वविद्यालय क्षेत्रका उच्च पदाधिकारीहरू राजीनामा दिन थालेका छन्। सोही उद्देश्यअनुसार तयार पारिएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले हालै जारी गरिसकेका छन्।

यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिइसकेका छन्। त्यस्तै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि केही दिनअघि पद त्याग गरेका थिए।

विश्वविद्यालय पदाधिकारीहरूको लगातार राजीनामाले उच्च शिक्षाको प्रशासनिक संरचनामा ठूलो परिवर्तन देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय