spot_img

शैक्षिक भ्रमण विवादमा पर्सा–महुवनस्थित विद्यालयमा तोडफोड र आगजनी

spot_img
spot_img

बीरगन्ज,१५ फागुन । पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ स्थित श्री ने.रा.मा. विद्यालय, महुवनमा कक्षा १२ का विद्यार्थीहरूले तोडफोड र आगजनी गरेका छन्। शैक्षिक भ्रमणको विषयलाई लिएर लामो समयदेखि विवाद देखिन थालेपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन्।

विद्यालय स्रोतका अनुसार विगत ८–९ महिनादेखि विद्यार्थीहरूले शैक्षिक भ्रमणको पहल गरिदिन बारम्बार आग्रह गर्दै आएका थिए। तर प्रधानाध्यापक श्रीराम साह रौनियारसमक्ष मागको सुनुवाइ नभएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले विद्यालय परिसरमा रहेका टेबल, कुर्सी तथा पानी ट्यांकीमा तोडफोड गरेका छन् भने केही सामग्रीमा आगजनीसमेत गरेका छन्। घटनाका कारण विद्यालयको भौतिक संरचनामा आंशिक क्षति पुगेको छ।

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी महुवन, निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी र स्थानीय बासिन्दाको पहलमा अवस्था क्रमशः सामान्य बनेको प्रहरीले जनाएको छ।

विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकबीच वार्ता तथा छलफल जारी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ भने विद्यालय प्रशासनले क्षतिको विवरण संकलन गरी आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय