spot_img

‘पुरानो अनुभवलाई अस्वीकार गर्नु समाजका लागि घातक’ : कांग्रेस सभापति गगन थापा

spot_img
spot_img

काठमाडौं,१९ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजमा ‘पुरानो हुनु नै खराब हो’ भन्ने धारणा फैलिनु गलत र खतरनाक हुने बताएका छन्। उनले यस्तो सोचले समाजको अनुभव, ज्ञान र परिपक्वता कमजोर बनाउने चेतावनी दिएका छन्।

शनिबार दमन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा बोल्दै सभापति थापाले पुरानो पुस्ताको योगदानलाई अवमूल्यन गर्नु उचित नहुने स्पष्ट पारे। उनका अनुसार समाजको विकास नयाँ र पुरानो पुस्ताको सन्तुलित सहकार्यबाट मात्र सम्भव हुन्छ।

“पुरानो अनुभवलाई थोत्रो ठान्ने र नयाँलाई मात्र सही मान्ने प्रवृत्तिले हाम्रो सामाजिक विवेक कमजोर बनाउँछ,” थापाले भने, “इतिहास, संस्कृति र पुर्खाको योगदान बिर्सिए राष्ट्र नै कमजोर हुन सक्छ।”

उनले नेपाली कांग्रेसको इतिहास बलिदान र संघर्षमा आधारित रहेको उल्लेख गर्दै त्यसको संरक्षण पार्टीको दायित्व भएको बताए। पार्टीभित्र सुशासन र पारदर्शितालाई प्राथमिकता दिइने उल्लेख गर्दै उनले अवैध आर्थिक गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

थापाले स्थानीयदेखि प्रदेश सरकारसम्म पार्टी प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिँदै ‘शून्य सहनशीलता’ नीति लागू गरिने बताए। आगामी दिनमा सातै प्रदेशमा पुगेर सरकार र पार्टी संरचनासँग विकास, बजेट र सुशासनबारे छलफल गर्ने योजना पनि उनले सुनाए।

उनले पार्टीलाई सबै उमेर समूह, समुदाय र पृष्ठभूमिका नागरिकलाई समेट्ने साझा राजनीतिक मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय